देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१४ वर्षीय बालिकालाई बन्धक बनाएर करणी गर्ने शिक्षक पक्राउ

देशान्तर

उदयपुरको चौदण्डीगढी नगरपालिका–७ स्थित म्यारिगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षकले १४ वर्षीय बालिकालाई बन्धक बनाएर आठ दिनदेखि बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उदयपुरको म्यारिगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका २८ वर्षीय शिक्षक राकेशकुमार कानोडियालाई पक्राउ गरेको हो ।

कानोडियाले उदयपुरकै १४ वर्षीय बालिकालाई पोखराको होटलमा लगेर बन्धक बनाएर जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार १४ वर्षीया छात्रालाई शिक्षकले उदयपुरदेखि कास्की पोखरा महानगरपालिका–६ लेकसाइड डिहिगोपाटनस्थित द कन्ट्री यार्ड होटलमा बन्धक बनाई करणी गरेको आरोप छ ।

प्रहरीको अनुसार होटलको एक कोठामा शिक्षकले बालिकाले प्रयोग गरेको मोबाइलसमेत नियन्त्रणमा लिएर अभिभावकसँग सम्पर्कसमेत गर्न नदिई बन्धक बनाएका थिए ।

मोरङ विराटनगरमा स्थायी घर भएका र हाल उदयपुर चौदण्डीगढी नगरपालिका–७ मा बस्दै आएका आरोपित शिक्षक उदयपुरकै म्यारिगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक हुन् । बन्धक बनाई राखिएकी बालिकालाई प्रहरीले उद्धार गरेर अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिकालाई विगत आठ दिनदेखि होटलको कोठामा राखेर कानोडियाले जबर्जस्ती करणी गर्दै आएका थिए । कानोडियालाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाएको कास्की प्रहरीले जनाएको छ ।