देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माइला लामा पक्राउको विरोधमा विप्लव आक्रामक

देशान्तर

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीका केन्द्रिय सदस्य तथा उपत्यका व्यूरो इन्चार्ज माइला लामा पक्राउको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको छ।

विप्लव नेतृत्वको नेकपाले शनिबार विज्ञप्ति जारी गर्दै लामाको गिरफ्तारीको भत्सर्ना गर्दै उनको रिहाईको माग गरेको छ।

साथै विज्ञप्ती मार्फत विभिन्न संघर्षका कार्यक्रम समेत घोषणा गरेको छ।

सघर्षका कार्यक्रम अन्तर्गत साउन ११ गते प्रचार–प्रसार, साउन १२ गते कोणसभा, साउन १३ गते जनप्रतिरोध र जनकारवाही, साउन १४ गते मसाल जुलुस र साउन १५ गते बागमती, नारायणी र जनकपुर (रामेछाप र दोलखा) बन्द लगायतका कार्यक्रम रहेका छन्।