देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शिक्षण अस्पतालमा ठाँउ नभएपछि छाउनीमा ओलीको स्वास्थ्य परीक्षण

देशान्तर

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षणको ठाँउ नपाएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गरिएको छ ।

शिक्षण अस्पतालमा कुनै कोठा खाली नभएपछि उनलाई सैनिक अस्पताल लगिएको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक एवं त्रिवि शिक्षण अस्पतालकी वरिष्ठ मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्राडा. दिव्यासिंह शाहले जानकारी दिएकी छिन् ।

उनले प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षण मात्रै गरिएको बताइन् । प्रधानमन्त्रीको रगत, दिसापिसाबलगायत पेटको अल्ट्रासाउन्ड गरिएको छ । शिक्षण अस्पतालबाट पनि परीक्षणका लागि चिकित्सक सैनिक अस्पताल गएको उनले जानकारी दिइन् ।

एउटा परीक्षणको रिपोर्ट आउन बाँकी रहेको र अन्य रिपोर्टबाट प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको उनले बताइन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा कुनै समस्या नदेखिएको र उनी नियमित काममा व्यस्त रहेको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शनिबार बिहान मात्रै गंगालाल अस्पतालमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा नै स्वास्थ्यमा सहमस्या देखिएपछि अस्पताल लगिएको हो ।