नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरी सुजन विश्वकर्मा पक्राउ परेका छन्। विकलाई शनिबार पोखराको फनपार्क नजिकैबाट पक्राउ गरिएको हो । उनलाई प्रहरीले अपहरण शैलीमा पक्राउ गरेको भन्द विप्लव नेतृत्वको नेकपाले विरोध जनाएको छ ।
सरकारले वार्ताको वातावरण बनाइरहेको बताइरहेका बेला आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरिरहेको छ । विगतमा भएका बम विस्फोट, तोडफोड र आगजनीसहितका घटनामा संलग्न भएको अभियोग लगाउँदै प्रहरीले विप्लवका कार्यकर्तामाथि धरपकड बढनाएको हो ।





प्रतिक्रिया