देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कक्षा १२ काे नतिजा आज प्रकाशित हुँदै

देशान्तर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज प्रकाशन गर्ने भएको छ। बोर्डले सबै विषयको नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको हो।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, कक्षा १२ (एसएलसिई) को नतिजा साँझसम्म आइसक्ने परीक्षा बोर्डले जनाएको छ।नतिजा प्रकाशनका लागि सोमबार साँझ पाँच बजे बोर्ड बैठक बोलाइएको छ।

प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको सुद्धता परीक्षण गरिएको थियो। परीक्षणमा गल्ती नभेटिएकाले आज नतिजा प्रकाशन गर्ने तयारी गरिएको हो। यस वर्ष चार लाखभन्दा बढी विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन्।