देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कक्षा १२ को नतिजा सार्वजनिक

देशान्तर

 राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

गत वैशाखमा भएको परीक्षामा नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० जनाले परीक्षा दिएका थिए । सोमबार दिउँसो परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

नतिजाअनुसार नियमिततर्फ ३.६१ देखि ४.०० जीपीएसम्म ल्याउनेको संख्या ३ हजार ६७ जना रहेका छन् । त्यस्तै ३.२१ देखि ३.६० सम्म जीपीए ल्याउनेको संख्या १६ हजार २ सय ४ रहेको छ ।

२.४१ देखि २.८० सम्म ल्याउनेको संख्या ५६ हजार ५ सय ३, २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या सबैभन्दा धेरै ८६ हजार २ सय २७ र १.६१ देखि २.०० जीपीएसम्म ल्याउनेको संख्या ६२ हजार ६ सय १९ रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले २०७५ सालदेखि ग्रेडिङ पद्धतिमा नतिजा दिन थालेको हो । १.२१ देखि १.६० ग्रेड ल्याउनेको संख्या १९ हजार, ०. ८१ देखि १.२० ल्याउनेको संख्या ३ हजार ५ सय २४ र ०.०० देखि ०.८० ग्रेड ल्याउनेको संख्या १३ हजार ३ सय ६२ रहेको छ । बोर्डले नतिजा विभिन्न ९ वटा ग्रेडअनुसार सार्वजनिक गरेको छ ।