देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पत्‍नी सीताको इच्छामा नेकपा अध्यक्ष दाहाल दुबई प्रस्थान

देशान्तर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पत्नी सीतालाई लिएर दुवईतर्फ प्रस्थान गरेका छन्। मंगलबार बिहान साढे ९ बजे दाहाल फ्लाई दुबईको उडानमार्फत दुबईतर्फ लागेका हुन्। दाहालको यो भ्रमण पत्नी सीताको इच्छामा भएको हो ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ का अनुसार यो विशुद्ध पारिवारिक भ्रमण हो । ‘सीताले लामो समयदेखि दुबई घुम्न जाने इच्छा राख्नु भएको थियो। अध्यक्ष दाहाल विशुद्ध पारिवारिक भ्रमणमा निस्कनु भएको हो’ सापकोटाले भने, ‘उहाँहरु दुबईको भ्रमण सकेर १८ साउनमा स्वदेश फर्कनु हुन्छ। सीता लामो समयदेखि बिरामी छिन् .

अध्यक्ष दाहलले उनको सिंगापुरमा लामो उपचार गराएका थिए। त्यसपछि नेपालमै पनि  सीता प्राकृतिक उपचार गरिएको थियो। दाहालमा प्रेसर, सुगरसहित शरीर कुँजिने लगायतका समस्या छन्।