देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मासियो निर्मला हत्याको त्रासले उखुबारी

देशान्तर

वारि उल्टाम जाने कालोपत्र सडक । सडककै किनारमा पानी बगिरहने दुई फिट गहिरो नाला । नालाको दुवै किनारमा बाक्ला जामुनका बोट । पारिपट्टि गुज्जमुज्ज उखुबारी । उखुबारी करिब एक किलोमिटर वरपर सुनसान खेतबारी । हो, त्यही उखुबारीमा अघिल्लो साउन ११ गते बिहान उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको शव भेटिएको थियो । निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीको घारीभित्र शव भेटिएपछि त्रासले गर्दा महिला तथा छात्राहरु त्यो सडक भएर हिँड्न छाडिसकेका थिए । उखुबारी छेउ भएर उल्टाखाम आउजाउ गर्न सक्ने अवस्था नभएपछि स्थानीयको दबाबमा उखुबारी नष्ट गरेर धान खेती गर्न थालिएको छ।