देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दोलखामा पहिरोले १५ घर पुरिए, दुई जना सम्पर्कविहीन

देशान्तर

गौरीशंकर गाउँपालिका–१ जुँगुमा शुक्रबार राति पहिरो खस्दा १५ घर पुरिएका छन् । घटनामा दुई जना सम्पर्कविहीन भएका छन् ।
राति पहिरो जान थालेपछि अन्य स्थानीयले भने भागेर ज्यान जोगाएका छन् ।
५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निसान खड्का बेपत्ता भएको दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । पहिरोबाट बच्न घरबाट भाग्दै गरेका खत्री र पहिरोले पुरिन लागेको बस निकाल्न गएका खड्का सम्पर्कविहीन भएका हुन । पहिरोले पुरिन लागेको थाहा पाएपछि खड्का बस निकाल्न गएका थिए ।
पहिरोका कारण २२ घरका बासिन्दा विस्थापित भएका छन् । १५ घर पुरिएको र ११ घर अति जोखिममा भएकाले स्थानीयले घर छाडेका छन् ।

अहिले पहिरोग्रस्त क्षेत्रमा सुरक्षाकर्मीसहित स्थानीय प्रशासन र गाउँपालिकाको टोली खटिएको छ ।