देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पोखरेललाई कार्यबहाक प्रधानमन्त्रीको जिम्मा

देशान्तर

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणको सिलसिलामा सिङ्गापुरतर्फ प्रस्थान गर्नुभएकाले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई तोक्नुभएको छ ।

प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानबमोजिम उपप्रधानमन्त्री पोखरेललाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।