आज देशका केही स्थानमा चट्याङ पर्ने तथा भारी वर्षा हुने सम्भावना औंल्याउँदै सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ- देशका केही स्थानमा मेघ गर्जन/चट्याङ पर्ने सम्भावना रहेको तथा मध्य र पूर्वका पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध छ ।
महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार दक्षिण भारतमा रहेको मनसुन न्यून चापीय रेखा उत्तर सर्दै आज बेलुका नेपाल नजिकै आइपुग्ने सम्भावना छ। यसैकारण बेलुकादेखि मौसमी गतिविधि (वर्षा हुने) बढ्ने सम्भावना रहेको उनले बताइन्।





प्रतिक्रिया