देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विमानस्थलबाट ४ किलो सुनसहित एक पक्राउ

देशान्तर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ केजी सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। हङकङबाट आएको ड्रागन एयरको के ए १०४ जहाजका यात्रु २३ वर्षीया लि निङसिङ पक्राउ परेको विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरले पुष्टि गरे।

उनले भने, आइतबार राति १० बजेर ५० मिनेटमा उनले ल्याएको लगेजमा खैरो कपडाले बेरेर राखेको सुन एक्सेरमा शंका लागेर फेरि जाँच गर्दा फेला पारेका हौं। उनलाई राति नै प्रहरी कार्यालय कोटेश्वरमा राखिएको ठाकुरले जानकारी दिए। उनलाई थप अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालत लगिएको समेत ठाकुरको भनाइ छ। बजार मूल्यअनुसार बरामद सुनको मूल्य करिब सवा २ करोड रुपैयाँ पर्छ।