मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिने तयारी गरिएको छ । मेलम्ची विकास समिति स्रोतका अनुसार हेडबक्स र सुरुङ फिनिसिङका दुई ठेक्का सिनो हाइड्रोले पाउने निश्चित भएको हो । गत २९ मंसिरमा इटालियन कम्पनी सिएमसीले छाडेर गएपछि मेलम्चीको काम रोकिएको थियो ।
मेलम्चीका बाँकी काम गर्न सिनो हाइड्रो र नेपाली कम्पनी हाई हिमालय रमन जेभीले प्रस्ताव हालेका थिए । समितिले दुवै कम्पनीको मूल्यांकन गरेर फाइल आयोजनाको लगानीकर्ता एसियाली विकास बैंक एडिबीमा पठाएको छ । अहिले एडिबीले मूल्यांकन गरिरहेको समितिका अधिकारीहरुले जानकारी दिएका छन् । सिनो हाइड्रोको अनुभव र प्रस्ताव हेर्दा ठेक्का उसैले पाउने निश्चित समितिका सदस्यले बताएका छन् ।





प्रतिक्रिया