देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेसँगै मनसुन सक्रिय बन्दै

देशान्तर

मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेसँगै हाल मनसुन सक्रिय बन्दै गएको छ । हाल देशको पूर्वका पहाडी भू–भाग, मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । पश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । पूर्वी तराईको मौसम सामान्यतया सफा रहेको छ । देशको पश्चिमी भू–भागमा सामान्य बदली साथै पूर्वी तथा मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेभ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

पश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना छ । चट्याङ्ग पर्ने सम्भावना पनि रहेको जनाइएको छ । यस्तै आज राति देशभरको मौसम सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । पूर्वी क्षेत्रका एक–दुई स्थानमा राति ठूलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।