काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठकमा आज विभिन्न प्रतिवेदन तथा विधेयकहरु पेश हुने भएका छन् ।
दिउसो १ बजेपछि बस्ने बैठकमा राज्य व्यवस्थपाि तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६ पेश गर्नुहुने छ । त्यसैगरी कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले बिरुवा संरक्षण पहिलोसंशोधन विधयेक, बिउ बिजन दोस्रो संशोधन विधेयक र जीवनाशक विषादी व्यवस्थापन विधेयक माथी विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने छ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले “राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५ माथि छलफल गर्न र पारित गर्न प्रस्ताव प्रस्तुत गर्नुहनुे भएको छ ।





प्रतिक्रिया