देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भदौ २० गतेभित्र अन्तरिम संरचना बनाउने गरी ल्याइएको निर्दे्शिका पारित

देशान्तर

आज दिउँसो बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले भदौ २० गतेभित्र अन्तरिम संरचना बनाउने गरी ल्याइएको निर्दे्शिका पारित गरेको छ ।नेपाली कांग्रेसका हालका पदाधिकारी र पूर्व पदाधिकारी बीच सहमतिमा ल्याइएको उक्त निर्दे्शिकामा भदौ २० गतेसम्म स्थानीय निकाय र क्षेत्रीय तहमा संरचना बनाउने उल्लेख गरिएको केन्द्रीय समिति सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो ।’केन्द्रीय समिति बैठकमा पेश भएको अन्तरिम विधान अनुसार नेपाली कांग्रेसको स्थानीय तह संगठन संरचनासम्बन्धी निर्दे्शिका पारित भएको छ,’ यादवले भन्नुभयो ’पदाधिकारी र पूर्व पदाधिकारीको सहमतिमा उक्त निर्दे्शिका ल्याइएको थियो ।’उक्त निर्दे्शिकामा कांग्रेसले संघीय संरचना बनाउनका लागि समायोजन नभएका वडा, गाउँपालिका र क्षेत्रमा साविककै संरचनालाई कायम राख्ने उल्लेख गरिएको छ । ’पहिलाको गाविसलाई अहिले वडामा गाभिएको छ, त्यसको सभापति साविककै हुने व्यवस्था भएको छ । समायोजन भएका स्थानीय तह र क्षेत्रीय समितिमा भने निर्दे्शिकाले विशिष्ट व्यवस्था गरेको छ ।आज पारित भएको निर्दे्शिकाले क्षेत्रीय कार्यसमितिमा पनि पुरानै संरचना रहने व्यवस्था राखेको यादवले बताउनुभयोकेन्द्रीय समितिले पारित गरेको उक्त निर्दे्शिका १४ औं महाधिवेशनबाट पारित गराउने सर्वसम्मतिबाट निर्णय भएको उहाले जानकारी दिनुभयो । कांग्रेस केन्द्रीय समितिको अर्को बैठक २९ गते बस्नेछ ।