देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलि सिंगापुरबाट आज दिउँसो काठमाडौं आइपुग्ने

देशान्तर

प्रधानमन्त्री केपि शर्मा ओलि सिंगापुरबाट स्वास्थ्य परीक्षण सकेर आज दिउँसो काठमाडौं आइपुग्नुहुने भएको छ ।

प्रधानमन्त्री ओली दिउँसो साढे १२ बजे थाई एयरको विमानबाट काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो। साउन १८ मा सिंगापुर प्रस्थान गर्नुभएको ओलीले त्यसको भोलिपल्टदेखि नै नियमित स्वास्थ्य परीक्षण गराउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो ।

१२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि ओलीले सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आउनुभएको छ ।

प्रधानमन्त्री ओलीको टोलिमा पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा.दिव्या सिंहलगायत सहभागि हुनुहुन्छ।