काठमाडौं । झापाको बिर्तामोड नगरपालिकाको वडानम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम बिस्फोट भएको छ ।
बिहान ४ बजेर २८ मिनेटमा बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिस्फोटका कारण कार्यालयको भवन कम्प्युटर र कागजातमा नोक्सानी पुगेको छ ।
बिस्फोट कसले र किन गरायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । झापामा अहिले सुरक्षा ब्यवस्था कडा पारिएको छ ।





प्रतिक्रिया