देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले ३ प्रदेशमा महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

देशान्तर

काठमाडौँ । कांग्रेसले महाधिवेशन प्रतिनिधिलाई लक्षित गरी प्रशिक्षण थाल्ने भएको छ । पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणमा तीन वटा प्रदेशमा यस्तो प्रशिक्षण चलाउने भएको हो । दोस्रो चरणमा अन्य चार प्रदेशमा प्रशिक्षण गर्ने तयारी छ ।

प्रशिक्षणमा पार्टीको सांगठनिक संरचना, विधान र विशेषता, पार्टीको राजनीतिक, आर्थिक दृष्टिकोण, कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारको मुल्याङ्कन जस्ता सवालमा प्रशिक्षण दिइने तयारी भएको कांग्रेस केन्द्रीय कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसका महाधिवेशन प्रतिनिधि पार्टीका अगुवा कार्यकर्ता हुन् । पार्टीको १३ औं महाधिवेशनमा निर्वा्चित मुलकभरका प्रतिनिधिको संख्या करिब तीन हजार छ ।

उपसभापति विमलेन्द्र निधि नेतृत्वमा रहेको प्रतिष्ठानले गण्डकी प्रदेशको पोखरामा साउन ३१ र ३२ गते, प्रदेश ५ को भैरहवामा भदौ २ र ३ गते र भदौ ५ र ६ गते कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण गर्ने भएको हो । ‘प्रशिक्षणमा कांग्रेसका सदस्यहरुलाई जनतासंग कसरी आत्मीय सर्म्पक राख्ने भन्ने लक्ष्य पनि हो’ कांग्रेसको विज्ञप्तिमा छ । प्रशिक्षणको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने छन् ।