देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आजका लागि डाकिएको नेकपाको सचिवालय बैठक भोली मात्रै बस्ने

देशान्तर

काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज मंगलबार बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट उपचार गरेर सोमवार मात्र फर्किएपछि बैठक सरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको स्वदेश आगमन एकदिन सरेकाले बैठक पनि सरेको बताए । गृहकार्य गर्न समय अपुग भएकाले बैठक एक दिनपछि बस्ने गरी सारिएको उनले जानकारी दिए । यसअघि बैठक मंगलबार बस्ने कार्य तालिका रहेको थियो ।

नेकपाको सचिवालयको बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय बालुवाटारमा डाकिएको छ । नेकपामा स्कुल विभाग कस्लाई दिने भन्ने बिबाद कायमै छ । यसअघिको बैठकमा सहमति नभएपछि प्रधानमन्त्री उपचारका लागि र अध्यक्ष पुष्पकमल दाहाल घुम्नका लागि देशबाहिर गएका थिए ।