देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाको) पदाधिकारी बैठक बस्दै

देशान्तर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक बस्दैछ। बुधबार पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा दिउँसो २ बजे बस्ने बैठकमा अध्यक्ष कमल थापासहितका पदाधिकारीहरू उपस्थित हुनेछन्।

पार्टीको संगठन निमार्णका लागि सातै प्रदेशमा प्रशिक्षण दिन सहभागि हुन लागेका प्रशिक्षकहरुसँग नेतृत्वले छलफल गर्न लागेको प्रवक्ता भुवन पाठकले जानकारी दिए। सैद्धान्तिक अवधारणा, संगठन निमार्ण, नेतृत्व विकासलगायत विषयमा कसरी प्रशिक्षण दिने भन्ने बारे अध्यक्ष थापाले प्रशिक्षकहरुलाई निर्देशन दिनेछन्।

आगामी भदौदेखि ७७ जिल्लामा र असोज महिनामा सबै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने राप्रपाले तयारी गरेको छ।