देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

५९ किलो गाँजासहित हेटौंडा मा २ जना पक्राउ

देशान्तर

 

काठमाडौं । जिल्ला प्रहरी मकवानपुरले ५९ किलो ५८० ग्राम लागु औषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ।

प्रहरी निरीक्षक पवन कुमार झा नेतृत्व टोलीले साउन २९ गते दिउँसो पालुङ्गबाट वीरगञ्जतर्फ जाँदै गरेको बा५ख १८२५ नम्बरको मिनिट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा सो परिणामको गाँजा बरामद गरेको हो ।

चालकको सिटमुनि फल्सबटम बनाई वटा पोका बनाएर लुकाईछिपाई ल्याइरहेको अवस्थामा उक्त गाँजासहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रक र गाजासँगै उक्त मिनिट्रकका चालक मकवानपुर कैलाश गाउँपालिका–६ बस्ने बर्ष २० का भीमसेन मोक्तान र उक्त ट्रकमा सवार कैलाश गाउँपालिका–६ का बर्ष २६ का रोशन लामा पक्राउ परेका हुन् ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भैरहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए  . लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कसुर प्रमाणित भएमा निजहरुलाई २ देखि १० बर्षको जेल सजाय र १५ हजार देखि १ लाख सम्म जरीवानाका साथै ट्रक जफत हुनेछ ।