देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बस दुर्घटनामा परि हेटौंडामा १ को मृत्यु, १५ घाइते

देशान्तर

मकवापुरको हेटौंडा उपमहानगरपालिका–१९ मा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नेवारपानीमा भएको उक्त दुर्घटनामा अरु १५ जना घाइते भएका छन् ।

काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नंको बस अनियन्त्रित भई पल्टिएर बिजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । अन्य १५ यात्रु घाइतेहरुको चितवन र मकवानपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।