देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

देशान्तर

तीनदिनदेखि लगातार स्थगित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक बालुवाटारमा शुक्रबार दिउँसो सुरु भएको छ। पार्टी एकताका बाँकी काम टुंगो लगाउने बारेमा छलफल गर्न सचिवालय बैठक बसेको हो। स्कूललगायतका केन्द्रीय विभागको नेतृत्व र  जिम्मेवारी बाँडफाँट गर्ने बारेमा आन्तरिक विवाद चर्किँदै गएकाले एकता प्रक्रिया पुरै सम्पन्‍न हुन सकेको छैन।

प्रधानमन्‍त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गरी स्वेदश फर्केपछि अनौपचारिक रुपमा छलफल र गृहकार्य भएपनि सचिवालय बैठक बस्‍न सकेको थिएन। बिहीबार बस्‍ने भनिएको बैठक प्रधानमन्‍त्रीको स्वास्थ्य ठीक नभएपछि अन्तिम क्षणमा स्थगित भएको थियो।