काठमाडौँ । नेकपाभित्र फेरि वरीयताको विषयलाई लिएर बिबाद चर्किएको छ । अर्को निर्वाचन सम्म आफुले प्रधानमन्त्री पद नछाड्ने अडान दोहोरर्याएका प्रधानमन्त्री ओलीले संसदीय फाँटमा अध्यक्ष पुष्पकमल दाहाललाई पहिलो वरीयता दिएर फकाउन खोजिएको छ भने यसअघिका वरिष्ठ नेता माधव नेपालको वरीयताक्रम घटुवा गरी झलनाथ खनालाई तेस्रो वरीयतामा ल्याएको छ ।
यसअघि खनालले नेपालभन्दा आफू वरिष्ठ भएको भन्दै वरीयताक्रम सच्चाउन माग गरिरहेका कारण उनको वरीयता अगाडी पारिएको बताइएको छ । तत्कालीन एमाले र माओवादीको एकताका क्रममा खनालभन्दा नेपालको वरीयताक्रम माथि राखिएको थियो । जुन निर्णयमा खनालले त्यसबेलादेखि असहमति राख्दै आएका थिए । अब नेकपाको वरीयताक्रममा दुई अध्यक्षपछि खनाल र त्यसपछि नेपाल हुनेछन् ।
तर, तत्कालीन एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो अनुपस्थितिमा पार्टीभित्रको वरीयता तलमाथि पारिएको भन्दै आपत्ति जनाएका छन् । एमाले र माओवादी केन्द्रबीच एकता हुँदा चीन भ्रमणमा रहेका खनालले आइतबार स्वदेश फर्केलगत्तै अध्यक्ष केपी ओली र नेता माधव नेपालको रवैयाप्रति असन्तुष्टि जनाउदै एकता प्रक्रियाबाट बनेको नेकपाको वरीयतामा दुई अध्यक्षपछि माधव नेपाललाई राखिएको छ ।
दुई पार्टीबीचको एकता भएकाले सबै नेताको विगतको ‘पोजिसन’ नरहने अन्य नेताले बताउँदै आएका छन् । नेता खनालले भने यही विषय पनि ठोस छलफलबिना टुंग्याइएकाले आफूलाई चित्त नबुझेको बताएका छन् ।
एकता प्रक्रियाका कतिपय निर्णय र छलफल पारदर्शी नभएको उल्लेख गर्दै उनले यो विषयमा अन्य नेताहरूको पनि मन दुखेको बताएका छन् । उनले पार्टीका गतिविधि पारदर्शी हुनुपर्छ भन्दै यो विषयमा सबै नेताहरूले उत्तिकै गम्भीरता देखाउनुपर्ने बताएका छन् ।
यता, संसदमा सत्तापक्ष नवगठित नेपाल कम्युनिस्ट पार्टीको वरीयताक्रमअनुसार बसेको छ । नेकपाको वरीयताक्रमअनुसार सत्तापक्षको सिटमा अध्यक्ष पुष्पकमल दाहाल पहिलो नम्बरमा बसेका छन् ।
उनीपछि वरिष्ठ नेता माधवकुमार नेपाल बसेका छन् भने चीनमा रहेका झलनाथ खनालको सिट खाली राखिएको थियो । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने सरकारका लागि छुट्याएको सिटमा रहने भएकाले सत्तापक्षको सिटमा दाहाल पहिलो नम्बरमा बसेका हुन् । नेकपाका नेता देव गुरुङले सत्तापक्षले आफ्नो सिटमा पार्टी वरीयताअनुसार नै बसेको बताए ।





प्रतिक्रिया