देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

घरमा नै पुगेर पौडेलले दिए पत्रकार डायलशन अधिकारीलाई श्रद्धान्जली

देशान्तर

रुपन्देही । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सप्तरीमा भएको सडक दुर्घटनामा जीवन गुमाएका पत्रकार डायलशन अधिकारीप्रति उहाँको घरमा पुगेर श्रद्धान्जली व्यक्त गरेका छन् । पौडेलले

रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ स्थित अधिकारीको घरमा पुगेर श्रद्धान्जली व्यक्त गरेका हुन् । पौडेलले शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउदो असोज ९ गते आयोजना गर्न लागेको लगानी सम्मेलनको प्रचार प्रसार गर्न पूर्वको विराटनगर र झापा जाँदै गरेको बा १६ च २२३५ नम्बरको जीप शनिवार विहान सप्तरीको कञ्चनरुप नगरपालिका –११ बक्साह चोकमा दुर्घटना हुँदा पत्रकार अधिकारीको मृत्यु भएको थियो