काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गुट र उपगुटमा बिभाजित भएको पार्टीलाई एक ढिक्का बनाएरै छाड्ने बताएका छन् । बैचारिक गुट हुनुपर्नेमा गिरोह हावी भएकाले राम्रा र योग्य ब्यक्तीलाई पार्टीमा उचित स्थान दिन नसकिएको कोइरालाले स्विकार गरेका छन् ।
आफुलाई पदको कुनै लोभ नभएको बताउँदै डा कोइरालाले काग्रेसलाई एक ढिक्का बनाएर पुरानै अवस्थामा फर्काउँन अब कुनै कसर बाँकी नराख्ने समेत बताए । गाउँ र दुरदराजमा पुगेर मैले पार्टी र लोकतन्त्रका लागी जिवन भर लडाई लडेका साथीहरुको अवस्था देखेको छु भन्दै उनले यो तरिकाले पार्टी चल्न नसक्ने बताए ।
कोइरालाई यसरी पार्टी चल्न नसक्ने निष्कर्षमा आफु पुगेको र अब पनी हामी जिम्मेवार नभए कहिले हुने भन्दै प्रश्न समेत गरेका छन् । कुनैवेला बिपी, सुवर्णशमसेर, गणेशमान र किशुनजीका बिचमा चरम बैचारिक मत भिन्नता रहे पनि उहाँहरु आ—आफ्नो बिचारमा अडिग हुनुहुन्थ्यो तर कहिल्यै ति मत भिन्नता कार्यकर्ता सामु नआएको डा.कोइरालाले बताए ।
अहिले हामी नेताहरुकै कारण पार्टी मात्रै होईन कार्यकर्ताको मानसिकता पनी बिभाजित भएरहेको उनको भनाइछ । नेपाली कांग्रेस,तरुण बिभाग मोरङ्ले बिराटनगरमा आयोजना गरेको तरुण युवासँग कांग्रेस बिषयक कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता डा कोइरालाले सरकारकै कारण संघियता गुम्ने खत्तरा बढेको समेत बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य डिला संग्रौला,मोरङ् कांग्रेसका सभापती डिगबहादुर लिम्बु,राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी,प्रदेस सभा सदस्य केदार कार्की लगायतले आ—आफ्नो मन्तब्य राखेका थिए ।





प्रतिक्रिया