देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितवनमा जिपको ठक्करबाट एक जनाको मृत्यु

देशान्तर

चितवनमा जिपको ठक्करबाट एक पुरषको मृत्यु भएको छ। करिब ३५ वर्षीय पुरुषको सनाखत हुन नसकेकोे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

हेटौडाबाट नारायणगढतर्फ जाँदै गरेको बा १८ च ९८९६ नम्बरको जिपले विपरीत दिशाबाट गइरहेको साइकल यात्रीलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ लक्ष्मीनारारायण चोकमा ठक्कर दिएको थियो।

ठक्करबाट घाइते साइकलयात्रीको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको र शव भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।