देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

हरिहर–शकुन्तलालाई ‘शिव–पार्वती’ सम्मान

देशान्तर

काठमाडौं । फेसियल हाउसले तीज विशेष कार्यक्रमका बिच अग्रज कलाकार द्वय हरिहर शर्मा र शकुन्तला शर्मालाई ‘शिव पार्वती’को रुपमा सम्मान गरेको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पुर्वसन्ध्यामा आयोजित ‘फेसियल हाउस तीज महोत्सव २०७६’ कार्यक्रममा हरिहर र शकुन्तलालाई उक्त सम्मान प्रदान गरिएको हो ।

नेपाली वाङमयका विभिन्न विधा साथै नेपाली नाटक तथा फिल्म क्षेत्रमा उनीहरुले योगदानको कदर गर्दै, जीवनको हरेक पाइलामा अविचलित रहँदै एकअर्काको सारथी बनेर अगाडि बढिरहेको हरिहर–शकुन्तला जोडीलाई शिव पार्वती जोडीको संज्ञा दिँदै उक्त सम्मानबाट सम्मानित गरिएको फेसियल हाउसकि प्रवन्ध निर्देशक सुष्मा महराले बताइन् ।

सोही कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालको आयोजनामा आगामी भदौ १८, १९ र २० गते पोखरामा हुन लागेको कार्यशाला गोष्ठीको सफलताको शुभकामानसहित आर्थिक सहयोगसमेत प्रदान गरियो । प्रवन्ध निर्देशक सुष्मा महराले चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष संदीप सापकोटालाई सहयोग रकम रु २५,००० (पच्चिस हजार) प्रदान गरेकी हुन् ।

उक्त कार्यक्रममा सुष्मा महराको शब्द, गायिका मीना निरौलाको स्वर तथा नायिका नीता ढुंगानाको अभिनय रहेको तीज गीत ’तीज आयो’को भिडियो विमोचन समेत गरिएको थियो । भिडियो विमोचन पश्चात गायिका निरौलाले आफ्नो प्रस्तुती राखेकी थिइन् । कार्यक्रममा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित ब्यक्तीहरुको उपस्थिती रहेको थियो ।