देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुर्खेतको जंगलमा ल्याएर गाईको हत्या

देशान्तर

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेको कट्कुवा जंगलमा ल्याएर गाईहरु हत्या गरिएको छ ।

केही गाईहरु मृत्त भेटिएका र केही घाइते भेटिएका हुन । बिहीबार राति जंगलमा ल्याएर भिरबाट खसालिएको अनुमान गरिएको छ । गाईहरु कति संख्यामा छन् भनेर प्रहरीले मुचुल्का तयार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

उनले ५ वटा गाडी र चालकहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनकारी दिए । कानमा ट्याग लगाएका गाईहरु त्यहाँ कसले ल्याएर हत्या गर्‍यो भन्ने नखुले पनि नेपालगञ्जबाट ल्याएको हुन सक्ने भन्ने अनुमान गरिएको छ ।