देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आमसञ्चार माध्यमलाई मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले  मिडिया काउन्सिल विधेयक ल्याइएको हो :मन्त्री बास्कोटा

देशान्तर

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितालाई नियन्त्रण गर्ने भन्दा पनि आमसञ्चार माध्यमलाई सुरक्षित, मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले  मिडिया काउन्सिल विधेयक ल्याइएको बताउनुभएको छ । आज राष्ट्रियसभा बैठकमा विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले  स्वार्थ प्रेरित भई पत्रकारिता गर्न नहुने धारणा राख्नुभयो ।  सैद्धान्तिक छलफलमा सांसद बद्रीप्रसाद पाण्डेले राज्यको चौथो अंगमाथि सरकारले नियन्त्रण गर्न खोजेको आरोप लाउनुभएको थियो । सांसद खिमलाल भट्टराईले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधान विधेयकमा नभेटिएको, सांसद ठगेन्द्रप्रकाश पुरीले निष्पक्ष पत्रकारिताका लागि विधेयक स्वागतयोग्य रहेको विचार रराख्नुभयो । सांसद वृशेषचन्द्र लालले प्रेस काउन्सिललाई समावेशी बनाउनुपर्ने धारणा राख्नुभयो भने  सांसद डा विमला राई पौडेलले मुलुकको आर्थिक, सामाजिक विकासमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका भए पनि पछिल्लो समयमा देखिएको विकृति रोक्नुपर्नेमा जोड दिनुभयो  । मन्त्री बाँस्कोटाले यसअघि राष्ट्रियसभामा पेश गरेको ’नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव सभाबाट सर्वसम्मतिले स्वीकृत गरेको छ ।