देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रदेश २ ले रुख काट्न नदिने

देशान्तर

बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा प्रदेश २ सरकारले रुखहरु काट्न नदिने भएको छ ।

विमानस्थल बनाउन प्रदेशभित्रकै अरु खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई सुझाउने प्रदेश २ सरकारको तयारी छ ।

प्रदेशमा बनक्षेत्र ४० प्रतिशत पुर्‍याउने घोषणा गरिएकामा रुख काटेर विमानस्थल बनाउँदा अझ घट्ने भएकाले खाली जमिन उपयोगका लागि सुझाउने निष्कर्ष निकालेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश यादवले बताए ।

निजगढको सट्टा विमानस्थलका लागि प्रदेशभित्रैको खाली जमिन प्रयोग हुनुपर्छ भनेर छिट्टै मन्त्रीपरिषद् बैठकमा निर्णय गराउने तर निजगढमा लाखौं रुख काट्न नदिने मन्त्रि रायको भनाइ छ ।
संघीय सरकारले आफुहरुसंग समन्वय नगरी भटाभट गरेको निर्णय कार्यान्वयन गर्न नदिने मन्त्री यादवले बताए ।