काठमाडौं । यातायात व्यवस्था विभागले दशैंको अग्रिम टिकट बुकिङ खोल्न तयारी थालेको छ । दशैं आउन करिब एक महिना बाँकी हुँदा विभागले अग्रिम टिकट बुकिङ खोल्न सक्रियता देखाएको हो ।
दशैं मनाउन काठमाडौं उपत्यकाबाट अन्य जिल्ला जाने यात्रुले कहिलेबाट अग्रिम टिकट बुकिङ गर्न पाउने भन्नेबारे यातायात व्यवसायीसँगको छलफलपछि टुङ्गो लाग्ने विभागले बताएको छ । यातायात व्यवसायीसँग छलफल गरेपछि दशैंमा लामो दूरीका यात्रुले कहिलेबाट अग्रिम टिकट बुक गर्न सक्छन् भन्ने टुङ्गो लाग्नेछ, विभागका महानिर्देशक गोगनबहादुर हमालले भने । दशैंको मौका छोपेर व्यवसायीले टिकट खोल्नका लागि भाडा वृद्धिको सर्त राखे त्यो मान्य नहुने विभागले स्पष्ट पारेको छ ।
सार्वजनिक यातायातमा व्यवसायीको एकाधिकार सिन्डिकेट तोडिएका कारण यस वर्षको दशैंमा यात्रुले दुःख नपाउने विभागको दाबी छ । यात्रुको सेवामा अहिले विभिन्न यातायात कम्पनीको प्रतिस्पर्धा छ । रुटमा पनि गएका वर्षहरुजस्तो संघ, समितिको एकाधिकार छैन ।





प्रतिक्रिया