देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस प्रदेश– ३ को प्रशिक्षण भक्तपुरमा हुने

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश नम्बर तीनका महाधिवेशन प्रतिनिधिहरुलाई आगामी २०–२१ भदौंमा भक्तपुरमा प्रशिक्षण दिने भएको छ ।

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले तीन नम्बर प्रदेशका महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण भेलामा बोलाएको छ ।

रसुवा, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र रामेछापका महाधिवेशन प्रतिनिधिहरुलाई भने मकवानपुरमा प्रशिक्षण दिइने भएको छ ।

कांग्रेस गण्डकी प्रदेशको भेला भने पोखरामा गरिसकेको छ ।