देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विश्वकप छनोट दोस्रो चरणको पहिलो लेगमा नेपालले कुवेतविरुद्व खेल्दै

देशान्तर

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपको दोस्रो चरणको छनोटमा नेपालले आज ‘बिहिबार’ पहिलो लेगमा घरेलु टोली कुवेतविरुद्व खेल्दै सुरुवात गर्दैछ । कुवेतको जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा हुने खेल नेपाली समय अनुसार रातिको १०:४५ मा सुरु हुनेछ ।

नेपालले पहिलो पटक सिधै दोस्रो चरण खेल्न लागेको हो । नेपालको समुहमा अष्ट्रेलिया, कुवेत, जोर्डन र चाईनिज ताईपे छन् । नेपालले होम एण्ड अवेका आधारमा समुहका चार टिमसंग प्रतिस्पर्धा गर्नेछ ।

फिफा वरियतामा नेपाल १ सय ६६ र कुवेत १ सय ५६ औ स्थानमा छ । त्यसैले नेपाललाई आजको खेलमा जित निकाल्न तेति सजिलो भने हुनेछैन । नेपालले अहिलेसम्म कुवेतलाई हराउन पनि सकेको छैन।

कुवेतसँग प्रतिस्पर्धा गर्न टिम तयार: कप्तान चेम्जोङ

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले विश्वकप छनोट अन्तर्गत घरेलु टिम कुवेतसँग प्रतिस्पर्धा गर्न टिम तयार रहेको बताएका छन् । कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकपका लागि दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेलअघि प्रि म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले बलियो टिमविरुद्ध मैदान उत्रन टिम तयार रहेको बताए ।