देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धनगढीको चटकपुरबाट चार वटा पेस्तोलसहित तीन जना पक्राउ

देशान्तर

काठमाडौं – धनगढीको चटकपुरबाट चार वटा पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले चटकपुरको एक घरबाट चार थान पेस्तोल, सुनका गहनासहित धनगढी उपमहानगरपालिका– ६ जाइका सञ्जय रानासहित तीन जना पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
कैलालीको मटियारीका सञ्जयको समूहले चटकपुरमा घर भाडामा लिएर अवैध गतिविधि गर्दै आएको जानकारी पाएपछि ब्यूरोको टोली धनगढी पुगेको थियो । प्रहरीको लामो प्रयासपछि उनीहरु पक्राउ परेका हुन् ।