देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुनसरिका दुई स्कुलमा बम विष्फोट

देशान्तर

सुनसरी। सुनसरी जिल्लाका दुई छुटाछुटै स्थानमा बिहीबार राति बम विष्फोट भएको छ। इटहरी उपमहानगरपालिका–९ मा रहेको सुस्मा गोदावरी इञ्जिनियरिङ कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा विप्लवले बम बिष्फोट भएको हो।

स्थानीयका अनुसार गए राति सवा १२ बजे बिष्फोटको ठूलो आवाज सुनिएको थियो। सुस्मा गोदावरी इञ्जिनियरिङ कलेज पूर्वतर्फको पर्खालमा गराइएको विष्फोटबाट कलेजका झ्यालको सिसा र पर्खालमा क्षति पुगेको कलेजका सञ्चालक राजेश श्रेष्ठले बताए। त्यस्तै, दिल्ली पब्लिक स्कुलको गेटमा क्षति पुगेको छ।

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञविनोद पोखरेलले बम पड्काएर चन्दा आतंक मच्चाउने योजनाको साथ घटना गराउको हुन सक्ने बताए। केही दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीको चन्दा उठाउने नाइके भनिएका मोहन कार्कीलाइ प्रहरीले इटहरीबाट पक्राउ गरेको थियो। त्यसैको प्रतिक्रिया स्वरुप बम विष्फोट हुन सक्ने र बम प्रहार गर्ने समूहको खोजी भैरहेको बताए।