ओखलढुंगा – छिमेकी वडाका वडा अध्यक्षमाथि कुटपिट गर्ने चम्पादेवी गाउँपालिका–८ का वडा अध्यक्ष अजय लुइँटेललाई प्रहरीले पक्राउ गरेको छ । लुइँटेल आइबार साँझ पक्राउ परेको प्रहरीले जनाएको हो ।
अध्यक्ष लुइँटेलाई पक्राउ गरेर प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक डीएसपी पुष्पराज मल्लले बताए ।
लुइँटेलमाथि चम्पादेवी गाउँपालिकाको कार्यालयमा गाउँपालिका – ७ का वडा अध्यक्ष सुरेश थापालाई गएको असार ३० गते कुटपिट गरेको अभियोग छ । पीडित थापाले गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे रक्सी खाएर आएका लुइँटेलले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा गएको साउन १ गते उजुरी दिएका हुन ।
आरोपित अध्यक्षलाई पटक–पटक कार्यालयमा हाजिर हुन आउने ताकेता गरे पनि अटेर गरेपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ ।





प्रतिक्रिया