काठमाडौं । राष्ट्रिय सभा बैठक आज(बिहिबार) बस्दै छ । आज बस्ने बैठकमा चारवटा विधेयक पेश हुने कार्यसूची रहेको छ ।
पेस हुने विधेयकहरु;
१) सभाको कार्यसूचीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विधेयक
२) विज्ञापन नियमन गर्ने विधेयक
३) वातावरण संरक्षण विधेयक
४) वन विधेयक
गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभाबाट प्राप्त सन्देश सहित परिचयपत्र तथा पञ्जिकरण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा राख्नेछन् । त्यस्तै विज्ञापन नियमनसम्बन्धि प्रथिनिधिसभाले गरेकने संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव राख्ने बैठकको कार्यसूची छ । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित वातावरण संरक्षण विधेयक र वन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्तावमाथि पनि बैठकमा छलफल हुने कार्यसूची छ ।





प्रतिक्रिया