देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसका सभापति देउवाको गृहजिल्लामा प्रधानमन्त्री ओलीको पुतला दहन

देशान्तर

काठमाडाै‌ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ।

आइतबार कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुतला दहन गरेको छ। जिल्ला सदरमुकामको भीमदत्त चोकको बीच सडकमा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत पुतला दहन गरिएको हो।

जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापति किरण कोइरालालगायतका कांग्रेस कार्यकर्तामाथि भएको आक्रामणको विरोधमा कांग्रेसले ओली र प्रचण्डको पुतला दहन गरिएको कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जानकारी दिए।