सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७ Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ Phone: +९७७ ०२४-५२०५५५ Admin: radiodeshantar@gmail.com News: deshantarweekly@yahoo.com
`
प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा ज्ञानेन्द्र शाहीमाथि मुद्दा चलाइँदै
देशान्तर
३० भाद्र २०७६, सोमबार
काठमाण्डौ – प्रहरीलाई अभद्र ब्यवहार गरेको अभियोगमा आइतबार पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्दा चलाइने भएको छ ।शाहीलाई आइतबार बेलुका पक्राउ गरी महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ । शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुब्र्यवहार गरेको आरोपबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको ठाउँमा प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा शाहीलाई पक्राउ गरिएको हो ।प्रहरीले सोमबार जिल्ला प्रशासन कार्यालय लतलिपुरमा मुद्दा दायर गर्ने महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दुर्गा चन्दले जानकारी दिए ।
प्रतिक्रिया