देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विपदमा परी वैशाखयता २७१ को मृत्यु, दुई अर्बको क्षति

देशान्तर

काठमाण्डौ ।  ०७६ वैशाखयताका विभिन्न विपद्का घटनामा परी २७१ को मृत्यु भएको छ । यहि अवधिमा ६४६ घाइते भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार, बाढी–पहिरोलगायतका विभिन्न विपद्का घटनामा परी २०७६ वैशाख १ देखि भदौ २९ सम्म २७१ ले ज्यान गुमाएका हुन् । त्यस्तै, ६४६ जना घाइते भएका छन् भने ७६७ व्यक्ति विस्थापित भएका छन् ।

सरकारी तथ्यांक अनुसार, विभिन्न घटनामा १ हजार ६३ चौपाया मरेका छन् । ४ हजार ६०७ घर डुबानमा परेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।
५ महिनानाको अवधिमा १५ पुलमा क्षति, एक हजार ७६१ घर, २१७ गोठ र ७४ सरकारी कार्यालयमा क्षति पुगेको छ ।

विपद्का घटनाबाट रु दुई अर्ब ४२ करोड ५५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।