देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेस्सीको कमब्याक खेलमा बार्सिलोना बराबरीमा रोकियो

देशान्तर

चोटका कारण लामो समय मैदान बाहिर रहेका कप्ताल लियोनल मेस्सीले नरागमन गरेको खेलमा स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डसंग गोल रहित बराबरी खेलेको छ । च्याम्पियन्स लिग फुटबलको समुह चरणको पहिलो खेलमा आज (बुधबार) बिहान भएको समुह एफको खेलमा बार्सिलोनाले डर्टमण्डसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु टोली डर्टमण्ड पेनाल्टीमा चुक्दा बार्सिलोना अंक खोस्न सफल भएको हो । मार्को रिउसको प्रहारलाई पाहुना टोलीका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले असफल बनाउँदा डर्टमण्ड बराबरीमा रोकिएको हो ।

दोस्रो हाफमा बार्सिलोनालाई दबाबमा राखेको डर्टमण्डले गोल गर्न भने सकेन् ।

बार्सिलोनाले १६ बर्षका युवा स्टार अंशु फातीलाई सुरुवाती लाईन अपमै मौका दिएको थियो । मुख्य फरवार्ड लियोनल मेस्सीले भने बेन्चबाट नयाँ सिजनको सुरुवात गरेका थिए ।

फतीको कीर्तिमान:
बार्सिलोनाको जर्सीमा फतीले कीर्तिमान कायम गरे । १६ बर्ष ३ सय दिनमा बार्सिलोनाबाट च्याम्पियन्स लिग खेल्ने फाती सबैभन्दा कान्छो उमेरको खेलाडी बने ।