देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसदमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने

देशान्तर

काठमाण्डौं । प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेभएका छन् । दिउँसो साढे दुई बजे बस्ने प्रतिनिधी सभाको बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले समसामयिक विषय तथा सरकारको कामकारबाहीप्रति सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने तय भएको छ । यसअघि प्रधानमन्त्रीले गत १ भदौमा प्रतिनिधि सभामा सम्बोधन गरेका थिए ।

सिंगापुरमा उपचार गराएर फर्किएपछि हिजोदेखि सार्वजनिक कार्यक्रममा सक्रिय भएका प्रधानमन्त्री ओलीले आफ्नो उपचारको बारेमा पनि सदनलाई जानकारी गराउने भएका छन् ।