देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधानमा नमिलेका कुरा सच्याउँदै अघि बढ्न सकिन्छ : प्रधानमन्त्री

देशान्तर

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस फगत तामझामका लागि मात्रै नभइ नेपालीको विशेष दिन भएको बताएका छन् ।

संविधान दिवसका दिन  टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको धारा, दफामा के पायौँ के पाएनौँ भनेर किचलो गरेर बस्नुभन्दा पनि कहाँ के मिल्दैन त्यो सच्याउँदै अघि बढ्न सकिने बताएका हुन् ।

प्रधानमन्त्री  ओलीले नमिलेका संविधानको धारा दफा सच्चाउँदै अघि बढ्ने प्रतिबद्धता पनि जनाए । आजको दिन कुनै उर्दी र तामेली दिए जस्तो नभई प्राप्त उपलब्धिप्रति गर्व गर्ने उत्सव रहेकाले सबैले उत्साहका साथ दिवस मनाउन आग्रह पनि  गरे ।