देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस र कम्युनिस्ट छुट्याउन गाह्रो पर्ने अवस्था आयो :दाहाल

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट र कांग्रेस छुट्याउन गाह्रो पर्ने अवस्था आएको बताए । तत्कालीन नेकपा एमालेकी नेतृ सहाना प्रधानको पाँचौँ स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले कम्युनिष्ट विचार र सिद्धान्तका हिसाबले कमजोर बन्दै गइरहेको बताए ।
पार्टी कार्यालयमा आयोजित स्मृति सभामा प्रचण्डले भने, “सत्ता प्राप्तिअघि गरेको सङ्घर्षका आधारमा हामीलाई जनताले माया र भरोसा गरे । तर हामीले तदनुरूप व्यवहार गर्न सकेनौं । समाजवादको यात्रा शुरू गर्ने त भनेका छौँ, तर के हामी समाजवादको यात्राका निम्ति एउटा योद्धाजस्तै छौँ त ? या हामी विस्तारै विस्तारै कांग्रेसजस्ता या हिजोका निरङ्कुशहजस्तै ? छुट्याउनै गाह्रो हुने पो भयौँ कि ?
उनले पूर्वी युरोपको समाजवादी सत्ता धराशायी बनेझैँ नेपालको कम्युनिस्ट आन्दोलन पनि क्रमशः शिथिल बन्दै जाने खतरा रहेको बताए । उनले दुई ठूला कम्युनिस्ट पार्टी एकतावद्ध भएपछि पनि कम्युनिस्ट पार्टीले गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।