देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इतिहास रच्दै मेस्सीले जिते सर्वाधिक छैटौं पटक फिफा ‘द बेष्ट’ अवार्ड

देशान्तर

अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी बन्दै फिफा वर्ष खेलाडी ‘द बेष्ट’ घोषित भएका छन् । सन् २०१८ मा उत्कृष्ट खेलाडी घोषित हुँदै मेस्सीले अवार्ड जितेका हुन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज बिहान इटालीको मिलान मेस्सीलाई ‘द बेष्ट’ अवार्ड प्रदान गरेको हो ।

उनले निकटतम प्रतिन्द्वन्द्वी क्रिस्टियानो रोनाल्डो र भर्जील भान डाइकलाई पछि पार्दै यस सफलता हात पारेका हुन् ।

सर्वाधिक छैटौं पटक फिफा ‘द बेष्ट’ जित्ने खेलाडि;

मेस्सीले यो उपाधि आफ्नो करीअरमा छैटौं पटक जितेका हुन् । यसअघि उनले २००९ देखि २०१२ सम्म लगातार र २०१५ मा जितेका थिए ।
उनले यो संगै सर्वाधिक छैटौ पटक उपाभि जितेर नयाँ इतिहास पनि रचेका छन् । उनीपछि रोनाल्डोले ५ पटक र हाल रियल म्याड्रिडका प्रशिक्षक रहेका जिनेदिन जिदानले ३ पटक उपाधि हात परेका छन् ।

मेस्सीले अवार्ड जितेपछि विशेष दिन रहेको भन्दै खुसी व्यक्त गरे । ‘मलाई यसको हकदार बनाउने सबैलाई धन्यवाद दिन चाहन्छु । मेरो लागि व्यक्तिगत उपाधि भन्दा टोलीको सफलता महत्त्वपूर्ण छ,’ उनले थपे, ‘ आज विशेष दिन हो । मेरो पत्नीसँगै छोराहरु पनि पहिलोपटक यहाँ आएका छन् । उनीहरुसँग यो खुसी बाँड्न पाउँदा निकै खुसी छु । उनीहरुलाई फुटबल एकदम मनपर्छ र लजाएर सबैलाई हेरिरहेका छन् ।’