देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा र सीपीसीबीच पार्टीगत सहयोग सम्झौतामा हस्ताक्षर

देशान्तर

काठमाडौँ– चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०बीच सहयोग आदानप्रदान गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौको एक होटलमा मङ्गलबार भएको कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल काे उपस्थिति रहेको थियो । अध्यक्षद्धयको उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्झौतापत्रमा हस्ताक्षरपछि हस्तान्तरण गरिएको थियो ।

नेकपाको निमन्त्रणमा चिनियाँ कम्युनिस्ट पार्टी सोङ ताओ नेतृत्वको टोली सोमबार काठमाडौ आएको थियो । चिनियाँ राष्ट्रपति सि जिनपिङको असन्न नेपाल भ्रमणको तयारीस्वरुप उक्त टोली नेपाल आएको बताइएको छ ।

चिनियाँ टोली र नेकपाबीच सोमबार ‘सी जिनपिङ विचारधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफल’ कार्यक्रमको उद्घाटन भएको थियो ।