देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंबाट पेस्तोलसहित ४ जना पक्राउ

देशान्तर

काठमाडौं  । प्रहरीले काठमाडौंबाट पेस्तोलसहित ४ जनालाई पक्राउ गरेको  छ । बुधबार विहान साढे ११ बजे  काठमाडौं महानगरपालिका ९ शम्भुमार्गस्थितएभरेष्ट होलिडे इन होटलको कोठा नम्बर ४०४ बाट चार जनालाई पक्राउ  गरेको महानगरीय  प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको  छ ।

पक्राउ पर्नेमा बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भीमबहादुर माझी, बल्खु बस्ने सिन्धुलीकै  प्रदीप माझी र सीतापाइला बस्ने लोकेन्द्रबहादुर आले रहेका प्रहरी  वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले  जानकारी दिएका छन्  ।

उनीहरुको साथबाट एक थान पेस्तोल, एक थान म्यागजिन, पेस्तोलमा लाग्ने ६ राउण्ड गोली बरामद गरेको प्रहरीले जानकारी दिएको  छ  ।