काठमाण्डौ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) बस्दैछ । आज दिउँसो बस्ने बैठकमा मङ्सिरमा हुने उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल हुने कांग्रेले जनाएको छ । काँग्रेस उपसभापति विमलेन्द्र निधिले बैठकमा उपनिर्वाचन, नेपाल लोकतान्त्रिक फोरमसित समायोजन प्रक्रियाबारे छलफल हुने जानकारि दिए ।
प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा भ्रातृ सङ्गठनको विधान संशोधन र महाधिवेशनको कार्यविधिबारे छलफल हुने तयारी रहेको जानकारी दिए ।
यसबाहेक बैठकमा काँग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको समीक्षा र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने जनाइएको छ ।





प्रतिक्रिया